२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

पुरुषको शव फेला

सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख १३ गते २१:३२
पुरुषको शव फेला

रौतहट : रौतहट सदरमुकाम गौर नगरपालिका १ मा एक पुरुषको शव फेला परेको छ । बाटोमा शव देखेपछि स्थानीयले  प्रहरीलाई खबर गरेका थिए । 

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरीको टोली घटनास्थलमा पुगेर शवको अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार मृतकको उमेर करिब ३० वर्षको आसपास देखिन्छ भने उनको पहिचान खुल्न सकेको छैन । घटनाको प्रकृति शंकास्पद रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । 
 

ADV

सम्बन्धित खबर