२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ

मध्यान्ह
२०८२ वैशाख १३ गते २२:०६
नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ

काठमाडौं : सहकारी ठगी प्रकरणमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।

उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको छ ।

काठमाडौंको कपनबाट प्रहरीले सासद राईलाई पक्राउ परेकी हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले सांसद राई कपनबाट पक्राउ परेको पुष्टि गरेका छन् ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

प्रहरीका अनुसार राईलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइने छ । रकम अपचलनमा मुद्दा चलाउन सिफारिस भइसकेकोले आइतबार नै अदालत उपस्थित गराउन लागिएको हो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३/०७४ र आर्थिक वर्ष २०७४/०७५ देखि २०७५/०७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।

सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । 

ADV

सम्बन्धित खबर