२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री सिंह

ADV
मध्यान्ह
२०८१ असार २२ गते १०:३०
आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री सिंह

काठमाडौँ : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन् । सिंहले आज बिहान ११ बजे प्रदेश सभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए । 

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise