२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सांसद राईलाई ३ दिन हिरासतमा राख्न अनुमति

Nada
२०८२ वैशाख १४ गते १५:४८
Shares
सांसद राईलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : नेपाली कांग्रेसकी सांसद माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

ncell

काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 
उपत्यका अपराध अनुसन्धानको कार्यालयले कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन संलग्न भएको आरोपमा शनिबार उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । 

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात लामो समयदेखि फरार थिइन् । उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् ।

उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ । 
यसैबीच सांसद माया राई पक्राउबारेको सूचना प्रतिनिधिसभाका सदस्यहरूलाई जानकारी गराइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर