२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

प्रचण्डको दाबी : ७ महिनामै देशको रूप फेर्न सक्छु

मध्यान्ह
२०८२ वैशाख १४ गते १७:०८
प्रचण्डको दाबी : ७ महिनामै देशको रूप फेर्न सक्छु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादीमात्र भएको दावी गरेका छन् ।

तराई मधेश जागरण अभियानअन्तर्गत बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीको पक्षमा देशैभर माहोल बन्दै गएको पनि दाबी गरे ।
आगामी आमनिर्वाचनमा माओवादी एक नम्बर पार्टी बन्ने दाबी पनि प्रचण्डले गरे ।

‘सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने पार्टी माओवादी हो । यो जनतालाई महसुस भएको छ’, उनले भने, ‘मलाई लाग्छ, अलिकति जनताको घर–घरमा टोल–टोलमा गएर मेहनत ग¥यौँ भने आउने चुनावमा हामी एक नम्बर पार्टी बन्नेछौँ र फेरि देशको नेतृत्व लिएर भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ लडाइँ लड्नेछौँ । समाजवाद निर्माणतिर अघि बढ्नेछौँ’, अध्यक्ष दाहालले भने ।

अध्यक्ष प्रचण्डले एक नम्बर पार्टी बनेर देशको नेतृत्व लिएको अवस्थामा ७ महिनामै नेपालको रुप बदल्ने दावी पनि गरे ।
‘तपाईँहरूले एकपटक संकल्प गरिदिनुभयो भने ७ महिनामै देशको रूप बदल्न सक्छौँ । जनताको नेपाल बनाउन सक्छौँ’, उनले भने ।
 

ADV

सम्बन्धित खबर