२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

केही महिनाभित्रै राजसंस्था पुनःस्थापना हुने कमल थापाको दाबी

Nada
२०८२ वैशाख १५ गते १८:१७
Shares
केही महिनाभित्रै राजसंस्था पुनःस्थापना हुने कमल थापाको दाबी

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

ncell

उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना पनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरे । उनले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताए । सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि लाग्न आग्रह गरे । 

उनले राजसंस्था पुनर्स्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताए । उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ । केही हप्ता, केही महिनाभित्रैमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सकिन्छ । एक पटक प्रयास गरेर हेरौँ । एकपटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौँ । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् । अहिले कसैले चाहेर वा नचाहेर देश दुई वटा राजनीतिक कित्तामा बाँढिएको छ । वैचारिक कित्तामा । अहिले देश राजासहितको प्रजातन्त्र वा गणतन्त्र भन्ने दुईवटा कित्तामा प्रष्टरुपमा बाँढिएको छ । म सरकारलाई प्रष्ट पार्न चाहन्छु । तपाईंहरुको षड्यन्त्र जनताले प्रष्टसँग बुझेका छन् । तपाईंहरुले सिर्जना गरेको भ्रमबाट नेपाली जनता त्रसिद हुने अवस्था छैन । तपाईहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने अभियान अब चाँडै न नयाँ ढंगबाट शसक्त रुपमा अगाडि बढ्नेछ ।’ 

अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाए । 

ताजा खबर

सम्बन्धित खबर