२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

भन्सार प्रमुख सिंहको मौखिक आश्वासन धर्ना स्थगित

shivam cement
मध्यान्ह
२०८२ वैशाख १५ गते २१:१२
भन्सार प्रमुख सिंहको मौखिक आश्वासन धर्ना स्थगित

रौतहट : प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखाको माग राख्दै विगत ९ दिनदेखि धर्नामा बसेका व्यापारी व्यवसायीहरुलाई १५ दिनभित्र समस्या समाधान गर्ने मौखिक आश्वासनपछि सोमबारबाट धर्ना स्थगित गरिएको छ । 

गौर भन्सार कार्यालयको मुख्य गेटमा वैशाख ७ गतेदेखि प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखाको स्थापनाको माग राख्दै स्थानीय कौशल साहको नेतृत्वमा सदरमुकाम गौरसहित जिल्लाका व्यापारी व्यवसायीहरु धर्नामा बसेर प्रदर्शन गर्दै आएका थिए । 

व्यापारी व्यवसायीहरुको उक्त धर्ना प्रदर्शनलाई रौतहट उद्योग वाणिज्य संघको अध्यक्षसहितका पदाधिकारीहरु एक्युबद्धता जनाउँदै धर्नामा बसेर चाँडै समस्या समाधान गर्न स्थानीय प्रशासनदेखि अर्थमन्त्री र कृषि मन्त्रीसहित भन्सार विभागको ध्यानाकर्षण गराए ।

यसैक्रममा आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै वैशाख १५ गतेसम्म समस्या समाधान नभए १६ गते देखि अनिश्चितकालिन भन्सार कार्यालयमा ताला लगाउने चेतावनी दिएको थियो । 

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको विशेष पहलबाट भन्सार विभागबाट चासो लिएर गौरको समस्या समाधान गर्न तयार रहेपनि प्रक्रियागत रुपमा अघि बढ्न केही समय लाग्ने भएको हुँदा धैर्य राख्न आग्रह गरेका थिए । 

यसैबीचमा गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमिन्दर सिंहले ९ औं दिनको व्यापारीहरुले जारी राखेको धर्ना स्थलमा उपस्थित भइ माग पुरा गर्न भन्सार विभाग तयार रहेको बताएका छन् ।

प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापना नभएपनि यहाँका व्यापारीहरुलाई खाद्यान्न लगायतका सामानहरु ल्याउन समस्या थिए । त्यसलाई समाधान गरी अन्य नाकाबाट नभइ गौर नाकाबाट ल्याउने प्रबन्ध मिलाउने सम्बन्धी आवश्यक गृहकार्य भइरहेको उनले स्पष्ट पारे ।

सबै प्रक्रिया मिलाउन एकदेखि दुई साताको समय लाग्ने भएको हुँदा धर्ना कार्यक्रमलाई फिर्ता लिइ सहज वातावरण बनाइदिन आग्रह गरेपछि धर्नामा बसेका कौशल साहसहितका व्यापारी व्यवसायीहरुले हालको लागि धर्ना स्थगित भएको बताएका छन् । 

आश्वासन पाएको अवधीमा उचित व्यवस्थापन गरिएन भने पुनःधर्ना अनसन र बन्दको कार्यक्रम सुरु गर्ने चेतावनी दिँदै अहिलेसम्म धर्ना कार्यक्रमलाई सफल बनाइदिएकोमा रौतहट उद्योग वाणिज्य संघ र व्यापारी व्यवसायीहरुलाईसाहले आभार प्रकट गरे ।
 

ADV

सम्बन्धित खबर

Advertise