२०८२ वैशाख १६ गते मङ्गलवार / Apr 29 , 2025 , Tuesday
२०८२ वैशाख १६ गते मङ्गलवार
Ads

स्रोत नखुलेको ४२लाख रकमसहित एकजना पक्राउ

शहबाज खान
२०८२ वैशाख १५ गते २१:१९
स्रोत नखुलेको ४२लाख रकमसहित एकजना पक्राउ

कपिलवस्तु : ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले कपिलवस्तु शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलबाट स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

महेश बरइको घरमा डेरा गरी बसिरहेका शिवा पटवा भनिने आशिष कुमारको कोठाबाट नगद बरामद गरिएको हो । भारत बलरामपुर जिल्ला तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल तुल्सीपुर बसोबास गर्ने २२ वर्षीय कुमारलाई शंकास्पद अवस्थामा फेला पारेपछि प्रहरीले कोठामा छापा मारेको थियो । 

उनको कोठाबाट नेपाली रुपैयाँ ४२ लाख ६३ हजार ९ सय र भारतीय रुपैयाँ २६ हजार ५ सय ४४ गरी कुल नेपाली रुपैयाँ ४२ लाख ९० हजार ४ सय ४४ नगद र नगद गन्ने मेसिन समेत बरामद गरिएको छ । पक्राउ परेका कुमारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

ADV

सम्बन्धित खबर