२०८२ वैशाख १६ गते मङ्गलवार / Apr 29 , 2025 , Tuesday
२०८२ वैशाख १६ गते मङ्गलवार
Ads

मन्त्रालयको कार्यक्रम कर्मचारीद्वारा बहिस्कार

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख १५ गते २१:२८
मन्त्रालयको कार्यक्रम कर्मचारीद्वारा बहिस्कार

बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिकाका कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  आयोजना गरेको अन्तरक्रिया कार्यक्रम बहिस्कार गरेका छन् ।

शुद्धोधन गाउँपालिकाको आग्रहमा वैशाख १४ गते संघीय मामिला मन्त्रालयले गाउँपालिका सभाहलमा आयोजना गरेको स्थानीय तहसँग संघीयता कार्यान्वयन सम्बन्धी स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजना गरेकोसहजीकरण कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य कर्मचारीहरुले बहिस्कार गरेका हुन् । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष समेत उपस्थित नभएको भएपनि केही न्यून जनप्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा सहभागी एक जनप्रतिनिधिले बताए । कार्यक्रममा गाउँपालिकाभित्र रहेका सबै शाखाका प्रमुखहरु, कर्मचारी र जनप्रतिनिधि गरी ४० जना भन्दा बढिलाई निमन्त्रणा गरिएको भएपनि ३ जना कार्यपालिका सदस्य र ५ जना कर्मचारी उपस्थिति भएका थिए ।

अन्तिमसम्म बस्ने जम्मा ३ जना रहेको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्तीले जानकारी दिए । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत हरि प्रसाद पौडेलले कर्मचारीहरुको तालुकी अड्डा सामान्य प्रशासन  मन्त्रालयले आयोजना गरेको महत्वपूर्ण कार्यक्रममा कर्मचारीहरु, जनप्रतिनिधिहरु उपस्थित नहुनु राम्रो पक्ष नभएको बताए । बढुवाको विषयलाई लिएर असन्तुष्ट बन्दै आएका कर्मचारीहरुले मन्त्रालयको कार्यक्रम बहिस्कार गरेका हुन् । 

प्रदेश र संघको कानुन बाँझिएर आएको सन्दर्भमा व्यक्तिगत रुपमा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर बढुवाको विषय हल हुन नसक्ने समेत बताउँदै यही विषयलाइ लिएर केन्द्रबाट आएको कार्यक्रम कर्मचारीले बहिस्कार गर्नु दुखद भएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए । पछिल्लो समय रुपन्देहीको शुद्धोधन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत घर्ती र त्यहाँ कार्यरत  कर्मचारीहरु बढुवा लगायतका विषयमा विवाद र मनमुटाव हुँदै आएको थियोे ।
 

ADV

सम्बन्धित खबर