२०८२ वैशाख १६ गते मङ्गलवार / Apr 29 , 2025 , Tuesday
२०८२ वैशाख १६ गते मङ्गलवार
Ads

चट्याङले घर जल्दा साढे ५ लाख बराबरको क्षति

बिन्द्र राई
२०८२ वैशाख १५ गते २२:५४
चट्याङले घर जल्दा साढे ५ लाख बराबरको क्षति

उदयपुर : उदयपुरमा अविरल वर्षासँगै परेको चट्याङ्का कारण एक घर जलेर नस्ट भएको छ । 

वर्षातसँगै परेको चट्याङबाट रौतामाई गाउँपालिका वडा नं. ५ ढुकुरचुङ बस्ने चक्रबहादुर राईको घरमा आगलागी भएको हो । आगलागीबाट करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात र घरसँगै रहेको बाख्राको खोर, सुँगुरको खोर र उक्त खोरमा रहेको १ वटा सुगुर समेत पूर्ण रुपमा लगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।
 

ADV

सम्बन्धित खबर