२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत भ्रमणमा

Nada
२०८२ वैशाख १६ गते १३:४७
Shares
मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत भ्रमणमा

काठमाडौंः सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भारत भ्रमणमा गएका छन् । मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् ।

ncell

मन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने जानकारी दिएका छन् । भ्रमणले प्रदेश सरकारबीचमा राम्रो सम्बन्ध निर्माण हुने वातावरण बन्ने र दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुने उनको विश्वास छ ।

उनले भने, ‘भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने छौं । हामी भौगोलिक रुपमा पनि जोडिएका छौं । हामीले विभिन्न चरणमा विभिन्न तरिकाले हाम्रो पर्यटनको विकास, कृषिको विकास र पूर्वाधारका विकासमा पनि भारत सरकारको सहयोग आएकै छ । थप सहयोगको पनि हामीले अपेक्षा गर्ने नै भयौं । मलाई लाग्छ यो भ्रमणले प्रदेश सरकार बीचमा पनि राम्रो सम्बन्ध निर्माण हुने वातावरण हुन्छ । त्यसैले हामीले दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुन्छ ।’

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा।कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा।जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन् । 
 

ताजा खबर

सम्बन्धित खबर