२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेश प्रदेश : ४ दलका ६ मन्त्री बर्खास्त

ADV
मध्यान्ह
२०८१ असार २२ गते १४:०१
मधेश प्रदेश : ४ दलका ६ मन्त्री बर्खास्त

धनुषा : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् । 

मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले  बताए  । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।  प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।

ADVADV

सम्बन्धित खबर

Advertise