२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कोशी प्रदेश सरकारले ल्यायो आठ अध्यादेश 

shivam cement
२०८२ वैशाख १६ गते १७:३०
Shares
कोशी प्रदेश सरकारले ल्यायो आठ अध्यादेश 

इटहरीः कोशी प्रदेश सरकारले लगानी सम्मेलनको पूर्वसन्धामा विभिन्न आठ अध्यादेश ल्याउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार सार्बजनिक नीजि साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी एवं यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६, प्रदेश औधोगिक व्यवसाय ऐन २०७७, प्रदेश पर्यटन विकास ऐन २०७६, कोशी प्रदेश निजी तथा सार्वजनिक साझेदारी फर्म रजिष्ट्रेसन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ संसोधन गर्न अध्यादेश ल्याइएको हो ।

सो अध्यादेशलाई आजै प्रदेश प्रमुखकोमा लगेर जारी गरिने भण्डारीले बताए । यस्तै बैठकले कोशी प्रदेशको लगानी सम्मेलनका लागि नीतिगत प्रतिबद्धताहरु सार्वजनिक गर्ने निर्णय गरेको छ । प्रदेशको लगानी सम्मेलन यही बैशाख १८ र १९ गते विराटनगरमा आयोजना हुँदै छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर