२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

ADV
मध्यान्ह
२०८१ असार २२ गते १६:१८
मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौं : मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेश सभामा शनिबार मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् ।

प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूले उनको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए । 

उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । 

मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, कांग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise