२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

वैदैशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

shivam cement
२०८२ वैशाख १८ गते १७:२१
Shares
वैदैशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका–४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन् । 

पक्राउ मध्ये सम्पुर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ, सुजनले युके पठादिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पुर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका–३१ बाट बुधबार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका–१२ बाट बुधबार पक्राउ गरेको हो ।   

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर