गोरखा : गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो ।
मृतक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ । कार्यालयले उपलब्ध गराएको सूचना अनुसार मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आईतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ रहेका छन् ।
दिलबहादुर र आईतकुमारी ससुरा बुहारी हुन भने उषा उनीहरुका नातेदार भएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयले सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि घर भित्र गएर हेर्दा तिनै जना मृत्त अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies