२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमालेले भन्यो- 'प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ'

ADV
मध्यान्ह
२०८१ असार २३ गते १२:३८
एमालेले भन्यो- 'प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ'

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।

आइतबार बसेको पार्टी संसदीय दलको बैठकले अहिलेको सरकार अल्पमतमा परेको र कुनै निर्णय गर्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो ।

बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन अपिल गरिएको बताउँदै प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने एमालेको पहिलो माग रहेको बताए ।

यदी प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए असार २८ गते विपक्षमा मतदान गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन् । नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise