२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

मध्यान्ह
२०८२ वैशाख २३ गते १६:२२
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

काठमाडौं : नेकपा एमाले धनुषाको आठौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन् । अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

घाइते हुनेमा सत्यनारायण महासेठ र रामउद्गार दास लगायत रहेका छन् ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको थियो । भोला यादव र लक्ष्मीनारायण यादवले एमालेको धनुषा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको हो । विवाद चर्किँदै जाँदा अधिवेशन स्थलमै कुर्सी हानाहानको स्थिति सिर्जना भएको थियो ।

ADV

सम्बन्धित खबर