-ओनसरी घर्ती मगर
न्याय जिउँदै छ
सर्वोच्चको फैसलाले आज फेरि जनताको जित भएको छ । जनताले इतिहासमा जहिले पनि ढिलोचाँडो तानाशाहलाई कुर्सीबाट ओरालेकै थियो । हामीले पनि त्यो विश्वासका साथ विजय हुन्छ भनेर लडिरहेका थियौं । अदालतको फैसलाले त्यो विश्वासलाई विजय बनाएको छ । अदालतले आज फेरि ‘न्याय जिउँदै छ’ भनेर पनि सन्देश दिलाएको छ ।
प्रधानमन्त्रीले जसरी संविधानमा कहिँ कतै उल्लेख नभएको कुरालाई जबरजस्त हिजोको राजा महाराजाले जस्तै एकदमै विशिष्ट अधिकार प्रयोग गरेर विघटन गर्नुभयो, त्यसलाई जनताले बुझेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनता सचेत छन् भन्ने कुरा पनि पछिल्लो घटनाले सावित गराएको छ ।
अदालतमा बहस चलिरहेको बेला, जनता सडकमा निस्किएको बेला, जसरी प्रधानमन्त्रीबाट पञ्चे¥यालीको हिसाबमा प्रदर्शन गर्ने काम भयो, त्यो पनि निकै अनौठो थियो । कम्युनिष्ट कोणबाट हेर्दा उहाँहरुका भूमिका गम्भीर पनि थिए । कम्युनिष्ट आवरणमा यसरी लामो निरंकुश शासकहरु रहँदा रहेछन् भन्ने पनि जनताले बुझेका छन् । कम्युनिष्टको आवरणमा यसरी लुकेर बस्न सक्दा रहेछन् भन्ने देखिएको छ । कम्युनिष्ट आन्दोलनमा नेताबाट साना तिना गल्ती नजारेर हुन्छन् होला । तर, यसरी खुलेआम यस्तो हुँदो रहेछ भन्ने देखियो ।
कम्युनिष्ट आन्दोलनमा हजारौंको रगत बगेको छ । यो परिवर्तन ल्याउन हजारौंले ज्यान गुमाएका छन् । कति अझैपनि घाईते छन् । जसले व्यवस्था निर्माण गरे त्यहि व्यवस्था निर्माण गर्नेभित्रबाट लुकेर व्यवस्थामाथि आक्रमण भएको थियो । यसले निकै महत्वपूर्णं शिक्षा दिएको छ ।
राष्ट्रपतिको भूमिकाले निकै गम्भीर बनायो
यो घटनामा राष्ट्रपति विद्यादेवी भण्डारीको जे जस्तो भूमिका देखियो त्यो निकै गम्भीर छ । राष्ट्रपतिले सामान्य विवेकको पनि प्रयोग गरेको देखिएन् । उहाँ आम नागरिकको छोरीको रुपमा जन्मीएर हुर्कीएर त्यो पदमा पुगेको महिला हो तर, सामान्य विवेक पनि प्रयोग गरेको देखिएन । संसद विघटनको घटनामा राष्ट्रपतिको भूमिका प्रधानमन्त्रीको सामान्य कामदार जस्तो मात्रै देखियो । जसले महिला आन्दोलनमा निकै नैराश्यता पनि देखाएको छ । गौरव गर्ने महिला राष्ट्रपतिमाथि सडकमा नारा लाग्ने स्थिति दुःखद छ ।
इतिहासमा महिलाहरुले गद्दारी गरेको र धोका दिएको घटना कम छन् । तर, राष्ट्रपतिबाट निकै महंगो धोका र गद्दारी गर्ने काम भयो । आफ्नो समुदायमाथि सामान्य सोंच्ने काम पनि भएन । भण्डारी राष्ट्रपति हुँदै गर्दा धेरै छोरीहरुलाई हामी पनि देशको महत्वपूर्णं निकायमा पुग्न सक्छु भन्ने लागेको थियो तर, त्यस्तो सपनामाथि उहाँबाट तुसारापात गराउने काम भएको छ । उहाँले संविधान भएको त्यस्तो आक्रमणलाई स्वागत गर्दै सदर गर्ने काम गर्नुभएको छ ।
प्रधानमन्त्री ओली उच्च जातीको र पुरुष भएको कारण पनि हिजोको शासन प्रणालीमा पनि सुविधा थियो होला तर, राष्ट्रपतिको सन्दर्भमा त्यो थिएन् । राष्ट्रपतिको कदमबाट महिला समुदायमाथि निकै ठूलो धोका भएको छ । यसले आगामी दिनहरुमा शासन सत्तामा जसरी महिलाहरु पुर्याउँछौं या उत्पीडित वर्ग जाति समुदायको मानिसहरु पु¥याउँछौं उहाँहरुको पटक–पटक सच्याउन पर्दो रहेछ भन्ने लागेको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले कालो इतिहास लेखाउनुभएको छ
संसद विघटनको घटनाले प्रधानमन्त्री र राष्ट्रपति दुवै इतिहासमा कलंकीत पात्रको रुपमा रहने निश्चित छ । उहाँहरुको भूमिकाले नेपाली कम्युनिष्ट इतिहासमा कालो एउटा इतिहास पनि थप भएको छ । नेपाली राजनीतिक इतिहासमा यसलाई एउटा कालो धब्बाको रुपमा पनि चित्रित हुनेछ ।
जसरी समृद्धि र स्थिरताको दिशातिर देश गईरहेको थियो, त्यसलाई धुजा धुजा बनाउने काम गर्न खोजिएको थियो । परिवर्तनका शक्तिलाई सिध्याउन खोज्ने र प्रतिगामी शक्तिहरुलाई खेल्न दिने वातावरण बनाइएको थियो । यसमा राष्ट्रपति र प्रधानमन्त्री दुवै जिम्मेवार हुनेछन् । इतिहासमा दुवै जना कलंकको रुपमा दर्ज भएका छन् ।
अब स्वतः मार्ग प्रशस्त गर्नुपर्छ
अदालतले प्रधानमन्त्री र राष्ट्रपतिका कदमलाई बदर गरेसँगै उहाँहरुमा निकै ठूलो नैतिकताको संकट देखिएको छ । सामान्य नैतिकताका आधारमा पनि उहाँहरुले तत्कालै मार्ग प्रशस्त गर्नुपर्छ ।
उहाँहरुको कदमलाई निकै ठूलो अपराध भनेर बुझिएको छ । उहाँहरुले जनतासँग माफी माग्दै देशलाई निकास दिन मार्ग प्रशस्त गर्नुको विकल्प छैन् ।
(सर्वोच्चको आदेशलगत्तै पूर्वसभामुख ओनसरी घर्तीमगरले दिएको प्रतिक्रिया जस्ताको तस्तै )
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies