काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निणर्यलाई बदर गरेसँगै प्रचण्ड-माधव पक्ष छलफलमा जुटेको हो ।
प्रतिनिधिसभा पुनर्स्थापनापछि आगामी रणनीति तय गर्न छलफलका लागि सांसदहरुलाई बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आह्वान गरिएको छ । नेकपाका दुवै पक्षका गरी १ सय ७३ सांसद छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies