२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८२ वैशाख २३ गते १८:४१
Shares
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शंखरापुर नगरपालिका–४ घर भएका ३७ वर्षीय राजिन स्याङ्तानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

स्याङ्तानले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर