२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

ADV
मध्यान्ह
२०८१ असार २३ गते १२:५९
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा दिई नसकेको अवस्थाले विश्वासको मत लिने समय तोक्न नसकिएको मुख्य सचेतक ढकालले जनाए । 

ADVADV

सम्बन्धित खबर

Advertise