२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमालेले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

ADV
मध्यान्ह
२०८१ असार २३ गते १३:१४
एमालेले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले  संसदबाटै प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा मागेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै ‘प्रचण्ड’ले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले भने-‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए ।

यस्तै एमालेका अर्का सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेकोले छिटो भन्दा छिटो राजीनामा दिन माग गरे । आजको बैठकमा एमाले प्रतिपक्षको सिटमा बसेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise