२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपालाई योगेशको प्रश्न- 'प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हो ?'

ADV
मध्यान्ह
२०८१ असार २३ गते १३:३१
रास्वपालाई योगेशको प्रश्न- 'प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हो ?'

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यही संसदबाट तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन् । 

नेपाली कांग्रेस र नेकपा एमालेबीच बलियो गठबन्धन भइसकेको बताउँदै उनले अब प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

यस्तै सांसद भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हो भन्ने प्रश्न गरे । भट्टराईले अल्पमतमा परिसकेको प्रधानमन्त्रीले केका लागि असार २८ गते विश्वास मत लिने भन्ने प्रश्न पनि गरे ।

शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार निर्माणमा सहभागी हुन माओवादी केन्द्रलाई भट्टराईले आग्रह गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise