२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

दुई वटा संसदीय समितिको बैठक बस्दै

मध्यान्ह
२०८२ वैशाख २५ गते ०८:५२
दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने सचिवालयले जनाएको छ ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । 

ADV

सम्बन्धित खबर