२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल

ADV
मध्यान्ह
२०८१ असार २३ गते १६:०९
लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल

काठमाडौँ : प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित  प्राप्त  ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ टेबुल भएको छ ।  

संघीय संसद् सचिवालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भई पारित भएको उक्त विधेयकलाई राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्नुभएको हो । राष्ट्रियसभाबाट उक्त विधेयक आजै पारित भएको थियो ।

दुवै सदनबाट पारित उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते सोमबार बिहान ११ बजे बस्नेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise