२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नेकपा एसको केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई

Nada
२०८१ असार २३ गते १६:५७
Shares
नेकपा एसको केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।

ncell

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा सम्बन्धित प्रदेशले केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा पठाउन जिम्मेवारी प्रदान गरेको नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यको अन्तिम टुङ्गो केन्द्रीय कमिटीले लगाउने छ । बैठकमा बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने विषय र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो ।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ । 

शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर