२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

‘शंका’ र ‘तातेताते’माथि परिचर्चा

ADV
पवन जायसवाल
२०८१ असार २३ गते २१:१५
‘शंका’ र ‘तातेताते’माथि परिचर्चा

बाँके : बाँकेको खजुरामा कल्पना फाउण्डेसन नेपाल साहित्य विभागको आयोजनामा कृतिकारद्वय कथाकार चरित्रा शाहको ‘तातेताते’ र बोधराज प्याकुरेलद्वारा प्रकाशित कृति ‘शंका’ कृति माथि परिचर्चा गरिएको छ ।

‘कल्पना फाउण्डेसनको पहिचान, साहित्य र समाज सेवा हाम्रो पहिचान’ मूल नाराका साथ आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्वर वि.क तुफानले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । 

उद्घाटन गर्दै प्रमुख अतिथि वि.कले कृति प्रकाशित गरेको प्रति दुवै जनालाई धन्यवाद दिएका थिए । उनले अन्य कृति प्रकाशन गर्न र खजुराको अलग पहिचान बनाउन आग्रह गरे । 

कल्पना फाउण्डेसन नेपाल साहित्य विभागका प्रमुख लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोधराज प्याकुरेलद्वारा प्रकाशित लघुकथा ‘शंका’ कृतिमाथि छविलाल खड्काले समीक्षा गरेका थिए भने कथाकार चरित्रा शाहको ‘तातेताते’ कृतिमाथि पुस्कर रिजालले समीक्षा गरेका थिए । 

बोधराज प्याकुरेलद्वारा प्रकाशित कृति लघुकथा शंका, कथाकार चरित्रा शाहको तातेताते कृतिमाथि नविन अभिलाषीले परिचर्चा गरेका थिए । 

उक्त कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिकाका प्रमुख डम्बर वि.क तुफानलाई कल्पना फाउण्डेसन नेपाल साहित्य विभागका प्रमुख लेक प्रसाद प्याकुरेल, अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा गाउँपालिकाकी निर्वतमान उप–प्रमुख एक माया वि.कले मायाको चिनो प्रदान गरेका थिए । समीक्षकद्वय  छबिलाल खडका, पुस्कर रिजाल र परिचर्चाकार नविन अभिलाषीलाई प्रमुख अतिथि डम्बर वि.क तुफान, कल्पना फाउण्डेसन नेपाल साहित्य विभागका प्रमुख लेक प्रसाद प्याकुरेल, अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा गाउँपालिकाकी निर्वतमान उप–प्रमुख एक माया विकले मायाको चिनो प्रदान गरेका थिए । 

कल्पना फाउण्डेसन नेपालकी सदस्य गीता अर्यालद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा गौतमले राखेकी थिइन् । कार्यक्रममा बिशिष्ट अतिथि बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. घनश्याम परिश्रमी, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरे, वरिष्ठ साहित्यकार सनत कुमार रेग्मी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष हरि प्रसाद तिमिल्सिना, अध्यक्ष इन्द्र बहादुर बस्नेत, ज्ञानोदय माध्यमिक विद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, साहित्यकार तथा अधिवक्ता भीम बहादुर शाही, धिरेन अनुपम, लक्ष्मी बस्याल, पुष्पमणी प्रधान, अवधी साहित्यकार बिष्णुलाल कुमाल, मणी अर्याल, मधइ सिंह सरदार, कृष्णा देवी पाण्डेय, पंकज श्रेष्ठ, यज्ञलाल सुवेदी, खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य माधव शर्मा, ईश्वरी प्रसाद रिजाल, रुपन्देहीका रमेश समर्थन, रविन शर्मा, खिमलाल बराल, मन्दिरा निरौला, खेमराज शर्मा, मीना बराल, आनन्द गिरी मयाल, चन्द्रवती अधिकारी, सीता सुवेदी, कमला सापकोटा, पदमा शर्मा, निशा शर्मा, मिलन गुरुङ, दमयन्ति जैसी, आकृति राना, केबी शाही, सुन्दर गुरुङ, राकेश गुरुङ, पवन जायसवाल, खगेन्द्र दाहाल, रत्ना कार्की, पहलमान सुनार, हरिश जोशी, खेम बगर, अजमल खाँ, इन्दिरा गौतम र स्पर्श अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise