२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

संसद् बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

Nada
२०८२ वैशाख ३० गते ०६:५७
Shares
संसद् बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौँ : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्नेछ । यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १:१५ मा बस्नेछ ।

ncell

संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर