२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

कतारमा 'बृहत् रक्तदान कार्यक्रम' हुने

तिलु शर्मा पौडेल
२०८२ वैशाख ३० गते १९:२०
कतारमा 'बृहत् रक्तदान कार्यक्रम' हुने

दोहा, कतार : नवलपरासी सेवा समाज कतारले 'बृहत् रक्तदान कार्यक्रम'को आयोजना गर्ने भएको छ । नेपाली रक्तदाता संघ र लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको समन्वयमा समाजले आगामी मे १६ तारिकमा कतारको हमाद अस्पतालको राष्ट्रिय रक्तदान सेन्टरमा बिहान ८ बजेबाट उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

समाजले एक सूचना जारी गर्दै 'रक्तदान जीवनदान' भन्ने मूल नारालाई आत्मसात् गर्दै कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्तालगायत सम्पूर्ण नेपालीलाई कार्यक्रममा सरिक भई रक्तदान गरी पुण्यको कार्यमा योगदान गर्न आग्रह गरेको छ ।

कतार प्रवेश गरेको ४ महिना पूरा भएको जो कसैले पनि रक्तदान गर्न सकिने हुँदा रक्तदाताले रक्तदान गर्न आउँदा आफ्नो कतारी आइडी, लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य लिएर आउनु पर्नेछ । यदि पहिले रक्तदान गरेको भए २ महिना (६० दिन) पुरा भएको, कम्तीमा ८ घण्टा सुतेको, कुनै पनि एन्टीबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घण्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ । रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तीमा ५० केजी हुनुपर्ने आयोजकले जनाएको छ ।

कतारका विभिन्न स्थानबाट निःशुल्क यातायातको सुविधा समेत रहेको कार्यक्रमका बारेमा थप जानकारीका लागि जानकारीका लागि उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरबहादुर थापा ३०८७७८६४, महासचिव चन्द्र गुरुङ  ७७४१३६१६  र समाजका अध्यक्ष दुर्गा हमाल ठकुरी ७७७१७९०८ लाई सम्पर्क गर्न सकिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर