२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बागमती सरकारबाट बाहिरियाे एमाले,मन्त्रीहरूले बुझाए राजीनामा

ADV
मध्यान्ह
२०८१ असार २४ गते ११:०४
बागमती सरकारबाट बाहिरियाे एमाले,मन्त्रीहरूले बुझाए राजीनामा

हेटाैंडा :  नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेले माओवादी केन्द्र नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ ।

साेमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा याेजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले  समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । उनीहरूले हेटाैंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन् । 

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise