२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अल्पमतमा परेको सरकार एक सेकेण्ड पनि सत्तामा बस्न मिल्दैन : गैरे 

ADV
मध्यान्ह
२०८१ असार २४ गते १२:५०
अल्पमतमा परेको सरकार एक सेकेण्ड पनि सत्तामा बस्न मिल्दैन : गैरे 

काठमाडौं : नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्ड पनि सत्तामा बस्न नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि सत्तामा बसिराख्ने अधिकार नहुने टिप्पणी गरेका छन् ।

उनले सरकार अल्पमतमा परेपछि यस्तो पनि हुँदो रैछ भन्ने गीत गाउनु भन्दा उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिए । विपक्षमा करिब दुई तिहाइ बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise