२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

ADV
मध्यान्ह
२०८१ असार २४ गते १३:०८
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ : नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले राजीनामा माग गरेका हुन् ।

सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए । कैयौँ घाइते भएको भन्दै मैनालीले निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।

तमाम समस्याका बाबजुत सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्दै उनले नैतिकताको आधारमा राजीनामा सुझाव दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise