काठमाडौँ : एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको बताएका छन् । उनले दुई दलबिचको समझदारी देशको संकट मोचन गर्नका लागि भएको पनि बताए ।
सिंगो देशको संकट मोचन गर्न कांग्रेस र एमालेबिच सहकार्य गर्ने समझदारी भएको उनले बताएका छन् । उनले प्रधानमन्त्रीले प्रेम एउटासँग गर्ने र लिभिङ टुगेदर अर्कोसँग गर्ने प्रवृत्ति देखाएकाले कांग्रेस एमाले समझदारी भएको दाबी गरे ।
बर्तौलाले फायल खोल्ने भनेर केही मन्त्री र नेताहरूले धम्की दिएको भन्दै फायल खोलेर देखाउन चुनौती दिए । उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुने भन्दै यदि प्रधानमन्त्रीले असार २८ मा बहुमत पुर्याए आफूहरूलाई कुनै आपत्ति नहुने बताए ।