काठमाडौ : काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको ८ महिना नपुग्दै सरुवा भएको छ । गृह मन्त्रालयले अध्यागमन अधिकृत भट्टराईलाई मन्त्रालय तानेर उनको ठाउँमा सहसचिव बिष्णुप्रसाद कोइरालालाई जिम्मेवारी दिएको हो ।
उनी करिब एक वर्षअघि देखि पाँचथरको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।
प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी पाएका कोइराला पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भन्दा अघि करिव १ वर्ष मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सचिवको जिम्मेवारीमा थिए । त्यस अघि उनी विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा करिव १ वर्ष काम गरेका थिए ।
सहसचिव भट्टराई २३ असोज २३ देखि त्रिभुवन विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा कार्यरत थिए ।