२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

योजना माग्न बझाङका २ पालिकामा बाल भेला

G Motors
सत्यराज सिंह
२०८२ जेठ ७ गते २०:३७
योजना माग्न बझाङका २ पालिकामा बाल भेला

बझाङ : आगामी योजनामा आफ्ना सवाल समेट्नका लागि दबाब दिन बझाङका २ पालिकामा  बालबालिका भेला गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि योजना छनोट गरी  पालिका सरकारलाई दिनका लागि बझाङको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा बालबालिका भेला गरिएको जयपृथ्वी नगरपालिका वडा नं. ११ मा गठन भएको बालसंजालकी सचिव भावना जोशीले बताइन् ।

केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको आयोजना तथा प्रगतिशील युवा समाज र वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा सुरुवाती चरणमा दुई पालिकाका विभिन्न वडाहरुमा बालकचहरी कार्यक्रम संचालन गरिएको थियो । धेरैजसो वडाहरुमा बालबालिकाका लागि बजेट विनियोजन नगरेको पाएपछि पालिकास्तरीय बालभेला गरेर सामूहिक योजनाहरु छनोट गरी पालिकामा पठाउने तयारी गरिएको केदारस्युँ गाउँपालिका वडा नं. ५ मा गठित बालसंजालका अध्यक्ष लोकेन्द्र बोहराले बताए । 

पालिकामा पनि सबैको सहभागिताबाट योजनाको माग हुँदा त्यसको प्रभाकारिता राम्रो हुने भन्दै बालभेलाको आयोजना गरेर सबैको विचारबाट आएका योजनालाई प्राथमिकीकरण गरिने भएको हो । केदारस्युँ गाउँपालिका–२ का वडाअध्यक्ष शेरबहादुर विष्टले वडाबाट बजेट विनियोजन नहुँदा अझै पनि बालबालिका केन्द्रित सवाल छुटेको हुन सक्ने भन्दै साझेदारहरूको सहयोगमा भेलाको आयोजना गरिएको बताए । भेलाबाट बालबालिका केन्द्रित योजना छनोट होस् भनेर भेला राखिएकाले योजनालाई प्राथमिकता दिन सुझाव दिएका छन् । 

जयपृथ्वी नगरपालिका–६ का वडा अध्यक्ष नरेन्द्रबहादुर सिंहले सक्षम नागरिक उत्पादनको सुरुवात बालबालिकाबाट हुने भन्दै आफ्ना विषयलाई सरकारसमक्ष राम्रोसँग राख्न अपिल गरेका छन् । उनले बालबालिका केन्द्रित बजेट विनियोजन गर्नका लागि पनि यो भेलाले सहयोग गर्ने बताउँदै बालबालिका जागरूक हुनुपर्ने धारणा राखेका छन् । 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको प्रगतिशील युवा समाज तथा वल्र्डभिजन इन्ेटरनेश्नल नेपालबाट संचालित बालसंरक्षण परियोजना अधिकृत विनोद थापाले जोखिम बालबालिका केन्द्रित कार्यक्रमका लागि आफूहरू साथमा रहेको बताए ।

बालबालिकाले प्राथमिकताको आधारमा छनोट गरेका योजनाहरुको विषयमा आफू सकरात्मक रहेको जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले बताए । उनले भने, ‘योजना छनोटका लागि यो राम्रो अभ्यासको सुरुवात भएको छ । हामी बालबालिकाका योजनाहरु समावेश गर्नका लागि सकरात्मक छौं ।’

ADV

सम्बन्धित खबर

Advertise