२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मुकुल ढकाललाई सबै जिम्मेवारीबाट हटाउने रास्वपाको निर्णय 

ADV
मध्यान्ह
२०८१ असार २५ गते १३:०१
मुकुल ढकाललाई सबै जिम्मेवारीबाट हटाउने रास्वपाको निर्णय 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले  ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहनेछन्  ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । अनुशासन आयोगले ढकाललाई पार्टीको सबै पदबाट हटाउनेपर्ने निष्कर्षसहित प्रतिबेदन पेश गरेको थियो । 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।

ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउनेछन् । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

ढकाल निलम्बित भएसँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिइएको छ। कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई तोकिएको छ।
 

 

ADVADV

सम्बन्धित खबर

Advertise