२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

ADV
मध्यान्ह
२०८१ असार २५ गते १६:२६
जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ : प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तर्फबाट सिँचाई मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पनि पेस गरेका छन्  । 

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्रमाणिकरणसम्बन्धी पत्र पढेर सुनाइको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise