२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

राजावादीहरुको प्रदर्शन जारी

मध्यान्ह
२०८२ जेठ १६ गते १४:०६
राजावादीहरुको प्रदर्शन जारी

काठमाडौं : राजावादी राजनीतिक दलहरुले व्यवस्था विरोधी आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध गरेका हुन् ।

आन्दोलन जेठ १५ गतेदेखि सुरु भएको हो । उनीहरुले राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले 'हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ', 'जागौं जागौं, जागौं न हे नेपाली जनता, पहिला राष्ट्र जोगाउँ' लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलहरु राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलनरत छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर