२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको आग्रह

Nada
२०८१ असार २५ गते १७:३५
Shares
मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको आग्रह

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले दुरगामी महत्त्व राख्ने निर्णयहरू नगर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ ।

ncell

मंगलबार संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले विज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन आग्रह गरेका हुन् ।

पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँचजना मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनुको बिकल्प नभएको एमालेको निष्कर्ष छ । 


 

ताजा खबर

सम्बन्धित खबर