२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पत्रकार सम्मेलन गर्दै मुकुल ढकाल

ADV
मध्यान्ह
२०८१ असार २६ गते १०:४४
पत्रकार सम्मेलन गर्दै मुकुल ढकाल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार दिउँसो ३ बजे काठमाडौंको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए । 

मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।

ढकाललाई केन्द्रीय समितिको यो निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउनेछन् । रास्वपाको विधानमा पार्टीको कुनै निर्णय उपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ ।

ADVADV

सम्बन्धित खबर

Advertise