२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ असार २६ गते १२:२१
उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी : उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । आगरा–लखनउ एक्सप्रेस वेमा उन्नावबाट आइरहेको बस दुधको ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसले ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । ट्यांकरसँग ठोक्किएपछि बस पल्टिएको थियो । जसका कारण बसमा सवार धेरै यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । घाइतेहरूलाई उपचारका लागि उन्नावको बांगरमाउ सीएचसीमा पठाइएको छ। केही गम्भीर घाइते यात्रुलाई उपचारका लागि लखनउ पठाइएको छ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुगेर तत्काल राहत कार्य गर्न निर्देशन दिएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise