२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

ADV
मध्यान्ह
२०८१ असार २६ गते १३:२०
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन एमालेले ह्वीप जारी गरेको हो । 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको जानकारी दिएका हुन्  । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise