२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ओली भन्छन्- 'एमाले र कांग्रेसबीच संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन'

ADV
मध्यान्ह
२०८१ असार २६ गते १३:४५
ओली भन्छन्- 'एमाले र कांग्रेसबीच संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताएका हुन् ।

उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए । उनले निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए । उनले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको बताए ।

कांग्रेस र एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा नभएको भन्दै उनले को-को सरकारमा सहभागी बन्छन् सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए ।

कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise