२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार

draupadi film
मनु यादव निरज
२०८१ असार २६ गते १३:५५
कमला नदीमा फसेका ६ जनाको सकुशल उद्धार

सिरहा : सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका चार जनाको मंगलबार सकुशल उद्धार गरिएको छ । दाउरा लिन गएका बेला एक्कासी पानीको बहाव बढेपछि उनीहरु सो नदीको बीच भागमा फसेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ सुरक्षा बेस कल्याणपुरबाट खटिएको सुरक्षा टोलीले उनीहरुलाई ट्युब बोटको सहायताले सकुशल उद्धार गरेको हो ।

त्यसैगरी सो टोलीले कल्याणपुर नगरपालिका–२ स्थित कमला नदीको बीच भागमा फसेका दुई जनाको पनि सकुशल उद्धार गरेको छ । जेसीबीसहित नदीको बीच भागमा फसेका उनीहरुलाई रबर बोटको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise