२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सहकारी ठगी र पासपोर्ट प्रकरणमा रविमाथि छानबिन हुनुपर्छ : मुकुल ढकाल

Nada
२०८१ असार २६ गते १६:०२
Shares
सहकारी ठगी र पासपोर्ट प्रकरणमा रविमाथि छानबिन हुनुपर्छ : मुकुल ढकाल

काठमाडौं : रास्वपाको महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले पार्टी सभापति लामिछानेमाथि छानबिन गर्न माग गरेका हुन् ।

ncell

सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका उनले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने उनको माग छ । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उनले भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबमा परिणत गरिएको आरोप लगाउँदै अब त्यो क्लबबाट पार्टी बनाउन आवश्यक रहेको बताए । आफूलाई राजनीतिक दल ऐनअनुसार स्पष्टीकरणको मौकासमेत नदिई महामन्त्रीबाट निष्कासन गरिएको कुरा कानुनविपरीत रहेको उनले दाबी गरे । 

ताजा खबर

सम्बन्धित खबर