२०८२ वैशाख १० गते बुधवार / Apr 23 , 2025 , Wednesday
२०८२ वैशाख १० गते बुधवार
Ads

एमालेमा ओलीबाहेक अरू नेतालाई दोहोरो जिम्मेवारी नदिइने 

draupadi film
मध्यान्ह
२०८१ असार २६ गते १६:१२
एमालेमा ओलीबाहेक अरू नेतालाई दोहोरो जिम्मेवारी नदिइने 

काठमाडौँ : एमालेमा ओलीबाहेक अरू नेतालाई दोहोरो जिम्मेवारी नदिइने भएको छ । आज बसेको सचिवालय बैठकले एक नेतालाई एकमात्र जिम्मेवारी दिने निर्णय गरेको हो । 

मिसन-०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको नेकपा एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ ।

गत वर्ष असारदेखि व्यापक जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो । उक्त जिम्मेवारीमा रहेर एक वर्षसम्म काम गरेका नेताहरूलाई अब नयाँ जिम्मेवारी दिइनेछ ।

बुधबार बसेको सचिवालय बैठकले नयाँ जिम्मेवारीको आधार निर्माण गर्ने काम गरेको छ । नेताहरूको नयाँ कार्य विभाजनको आधार आजको बैठकले तयार पारेको छ । 

कार्य विभाजन गर्दा अब नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने समेत निर्णय भएको छ । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने मापदण्ड लागू हुनेछैन । अहिले ओलीले पार्टी अध्यक्ष र संसदीय दलको नेता छन् ।

ADV

सम्बन्धित खबर

Advertise