२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

जनमत पार्टीले केन्द्रीय सचिवसहित सात जनालाई गर्‍यो तीन महिना निलम्बन

shivam cement
मध्यान्ह
२०८१ असार २६ गते १६:५८
जनमत पार्टीले केन्द्रीय सचिवसहित सात जनालाई गर्‍यो तीन महिना निलम्बन

काठमाडौं : जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise