काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको कार्यविभाजन गरेका छन् । जारी पार्टी केन्द्रीय सचिवालयको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यकोे कार्यविभाजन हेरफेरबारेमा छलफल शुरु भएको छ ।
बैठकले पार्टी सदस्यता नवीकरणको काम साउन मसान्तसम्म सम्पन्न गर्न निर्देशन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला अधिवेशन भइनसकेका जिल्ला कमिटीलाई संगठन कमिटीमा रुपान्तरण गरेको छ । साथै, ती जिल्लाका अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिइएको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले पार्टीको भूमि व्यवस्था विभागको सचिवमा विजय सुवेदी र सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेललाई मनोनयन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।