२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते १३:३१
सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक लगत्तै दिउँसो २ बजे बैठक बस्न लागेको हो । 

बैठक सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने छ । गत साता गठित समितिलाई प्रतिनिधि सभाले काम थाल्न एक साताको समय दिएको थियो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्न माग गरेपछि समिति गठन गरिएको थियो ।

समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन् । सात सदस्यीय समितिमा कांग्रेस र एमालेका तर्फबाट २-२, माओवादी, रास्वपा र राप्रपाका १-१ जना सदस्य रहनेछन् ।

सहकारी ठगी प्रकरण छानबिनका लागि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
 

 

ADVADV

सम्बन्धित खबर

Advertise